नियम ४३
प्रश्नको किसिम
(१) प्रश्न मौखिक उत्तर दिने र लिखित उत्तर दिने गरी दुई किसिमका हुनेछन् । (२) राष्ट्रिय हितमा असर नपार्ने प्रकृतिका वा कुनै अभिलेख, तथ्याङ्क आदि उल्लेख गर्नु पर्ने उत्तर लिखित रुपमा दिनु पर्नेछ ।